धनगढी । सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले एक वर्षमा करिब ९२ करोड राजस्व असुली गरेको छ।
साथै मन्त्रालयले पूर्वाधार विकासमा देखिने गरी प्रगति भएको दाबी समेत गरेको छ। सडक, सडकपुल, खानेपानी तथा सरसफाइ, उर्जा जलस्रोत तथा नदी नियन्त्रणमा काम भएको प्रदेश सरकारले आज ९शनिबार० धनगढीमा सार्वजनिक गरेको एक वर्षे कार्यप्रगति विवरणमा उल्लेख छ। यसैगरी, सहरी विकास तथा भवन निर्माण र यातायात व्यवस्था क्षेत्रको सुधारका लागि नीतिगत काम भएको समेत मन्त्रालयले दाबी गरेको छ।
भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेश सरकार गठन भएको एक वर्षमा ९१ करोड ६१ लाख राजश्व संकलन गरेको प्रगतिविवरणमा उल्लेख छ। सीमित स्रोतसाधनलाई प्रभावकारी रुपमा परिचालन गर्दै लक्षित प्रतिफल प्राप्त गर्न संभव भएको मन्त्रालयको दाबी छ।
आर्थिक वर्ष २०७९र८० को कार्यक्रममा रहेका पाँच हजार ३२९ आयोजनाको संख्या कटौती गरी आर्थिक वर्ष २०८०र८१ को कार्यक्रममा एक हजार ९६१ आयोजना अगाडि बढाउने गरी बजेट विनियोजन गरिएको भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले बताए। उनका अनुसार एक हजार ७५० क्रमागत र २१० आयोजना मात्रै नयाँ हुन्। सरकारले सम्भाव्यता अध्ययन भएका आयोजनाहरूमा मात्रै नयाँ योजनाका रुपमा अगाडि बढाउने नीति लिएको मुख्यमन्त्री कमलबहादुर शाहले बताए।
मन्त्रालयले १२२ दशमलव ९७ किलोमिटर माटे सडक, ग्राभेल सडक १८५ दशमलव ९० किलोमिटर र कालोपत्र सडक १०८ दशमलव १९ किलोमीटर निर्माण भएको जनाएको छ। यस्तै, ९ वटा सडकपुल निर्माण भएको र ५२० इन्टेक निर्माण भएको मन्त्रालयले जनाएको छ। सो मन्त्रालयले ५६३ वटा पानी पोखरी, २ हजार ५०५ किलोमिटर पाइपलाइन जडान र ८२ हजार ७०२ जनालाई आधारभूतस्तरको खानेपानी सेवा तथा १८ हजार ६ सय जनालाई मध्यमस्तरको खानेपानी सेवा विस्तार भएको छ।